News

सांसदका स्टन्टः मौनधारण देखि प्रधानमन्त्री हराएको सूचना र गायत्री मन्त्रसम्म

सांसदका स्टन्टः मौनधारण देखि प्रधानमन्त्री हराएको सूचना र गायत्री मन्त्रसम्म

संसदमा नयाँ काम गरेर देखाउने होड चलेको छ। रास्वपाका सांसद हरि ढकालले मौन धारण गरेपछि नयाँ–नयाँ काम गरेर देखाउने होड सुरु भएको हो।

यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिन्दू राष्ट्र माग्दै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस् भ्रष्टाचार कम होस् भनेर भन्न पाइने बताइन् । ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड’ उनले भनिन्–‘कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’

यसअघि आईतबार नेकपा एमालेका नेता रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना जारी गर्दै फेला पार्नेहरुले नजिकको प्रहरी कार्यालयमा वुझाई दिन आग्रह गरेका थिए।  प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेर सुनाएका थिए।

त्यसैगरी, रास्वपाका सांसद ढकालले २४ चैतमा सरकारको विरोधमा एक मिनेट मौनधारण गरेका थिए। सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले शून्य समयमा मौनधारण गरेका हुन्।

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ। त्यही समयमा बोल्न उभिएका सांसद ढकालले ‘सम्माननीय सभामुख महोदय,...’ भन्दै मौन बसे। त्यसपछि, ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ।’ भन्दै भनाई सकेर आफुले पाएको समय विताए। 

यो पनि,

विशेष