News विदेश

घरको ढोका ढकढक्याएको रिसमा १६ वर्षिय किशोरमाथि गोली प्रहार

घरको ढोका ढकढक्याएको रिसमा १६ वर्षिय किशोरमाथि गोली प्रहार

अमेरिकामा आफ्नो घरको ढोका ढकढकाएको भन्दै एक व्यक्तिले १६ वर्षे किशोरमाथि गोली प्रहार गरेका छन्।

मिजोरी राज्यका ८४ वर्षे एन्ड्रु लेस्टरले १६ वर्षे किशोर राल्फ यार्लमाथि गोली चलाएका हुन् । बिहीबार राति किशोर एन्ड्रुको घर ढकढकाउन पुगेका थिए । प्रहरीका अनुसार ती किशोर झुक्किएर एन्ड्रुको ढोका ढकढक्याउन पुगेका थिए।

आफ्ना जुम्ल्याहा भाइलाई साथीको घरमा लिन गएका राल्फ झुक्किएर एन्ड्रुको घर पुगेको जनाईएको छ। ११५ औँ टेरेसमा जानुपर्नेमा राल्फ ११५ औँ स्ट्रिट पुगेका थिए । जब एन्ड्रुले अश्वेत किशोरलाई आफ्नो घर अगाडि देखे उनले गोली चलाइहाले ।

राल्फ र एन्ड्रुबीच बिना संवाद नै एन्ड्रुले गोली चलाएको प्रहरीको भनाइ छ । 
 

विशेष