कप्तान रोहित पौडेलको रुपमा नेपाललाई तेस्रो झट्का

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपाल र मलेसिया भिडिरहेका छन्। टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो विकेट खसेको छ।
नेपालले सुरुवातमै पहिलो विकेट गुमाएको थियो। नेपालका कप्तान ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएपछि क्याच आउट भए। आशिफ शेख ३ बलमा एक रन बनाउँदै पबेलियन फर्किएका छन्।
त्यसपछि नेपाली कप्तान रोहित पौडेल पनि अर्धशतकनजिक पुगेर पबेलियन फर्किएका छन्। उनी ४३ बलमा ४२ रन बनाएको अवस्थामा क्याच आउट भएका हुन्। ताजा अवस्थामा नेपालले २५ ओभर खेल्दै ३ विकेटको क्षतिमा १३० रन बनाउन सफल भएको छ।
अहिले नेपालबाट क्रिजमा आरिफ शेख र भीम सार्की छन्। आरिफले रोहितको स्थानमा भर्खरै मैदान छिरेका हुन्। रोहितसँग अर्धशतकीय साझेदारी पूरा गरेका भीम सार्की अहिले ६६ बलमा ३८ रनसहित क्रिजमा छन्।