News

आईआईबीको रिपोर्टः रविका चालकलाई मदिरा खुवाएर खसालियो

आईआईबीको रिपोर्टः रविका चालकलाई मदिरा खुवाएर खसालियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापालाई हत्या गर्ने योजनाका साथ मदिरा खुवाएर सुनियोजित तरिकाले हुत्याईएको एउटा प्रतिवेदन सार्वजनिक भएको छ।

नेपाल समाजवादी मोर्चा, ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो (आईआईबी) ले आफनो प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै थापाको हत्या गर्ने योजना अनुसार नै घट्ना घटाईएको जनाएको छ।

अनुसन्धानका क्रममा सभापति लामिछाने आफैंले छतमा लगेर थापालाई धकेलेको शंका गर्दै त्यसको वास्तविकता पत्ता लगाउनुपर्ने माग गरिएको छ। लामिछानेले आफनो र सुसुरा उद्धव पौडेलेको बैंकमा रकम जम्मा गर्न थापालाई अह्राउने गरेको उल्लेख गर्दै हालसम्म थापाको नामबाट डिपोजिट गरिएको रकमको विवरण पनि सार्वजनिक गर्न भनिएको छ ।

‘निर्वाचनको मुखमा सवारी चालक मर्यो र विपक्षीहरुले मेरो चालकको हत्या गर्यो’ भनि सहानुभूति बटुल्न र चुनाव जित्न यो घटना घटाइएको आईआईबीको आरोप छ । यसैगरी, कोर टिमको गतिविधि लुकाउन पनि यो हर्कत गरिएको हुनसक्ने भएकाले कोर टिममा भएका सदस्यहरुको मोबाइल कल डिटेल्स र अन्य सञ्जालमा गरिएको कुराकानीको अध्ययन गर्न प्रतिवेदनमा माग गरिएको छ ।

घटनाको भोलिपल्ट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेलाई चुनावी कार्यक्रममा लैजाने तालिका हुँदाहुँदै राति २ बजेसम्म मदिरा सेवन गर्नुले प्रश्न उब्जाएको प्रतिवेदनमा उल्लेख छ । 

आईआईबीले रास्वपाका महामन्त्री मुकुल ढकालको ड्राइभर र सभापति लामिछानेको ड्राइभरको शरीरमा रहेको मदिराको मात्राको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै थापालाई धेरै मदिरा पिउन लगाउनु भन्दै लामिछानेले ढकालका ड्राइभरलाई भनेको सुन्नमा आएकाले त्यस विषयमा पनि छानबिन हुनुपर्नेमा माग गरिएको छ।

युवराज सफल संयोजक रहेको मोर्चाद्वारा गठित आईआईबीले प्रतिवेदनको उद्देश्य कसैलाई आरोप लगाउन नभई सरकारलाई अनुसन्धानमा सहयोगका निम्ति तयार पारेको बताएको छ ।

लामिछानेको भरतपुर–११, भोजाडको अढाई तले घरको छतबाट खसेर गम्भीर घाइते चालक थापाको हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि मंगलबार बेलुकी काठमाडौं ल्याइएको हो।

नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर ल्याइएका थापाको स्वास्थ्य अझै सुधार हुन नसकेको ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ। ालक थापाको स्वास्थ्य अवस्था स्थिर छ।

सोमबार बिहान ३ बजेर ५४ मिनेटमा घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका हुन्। उनको टाउको र छातीमा चोट छ। थापाको टाउकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै शल्क्रिया गरिएको थियो। तर, शल्यक्रियापछि पनि उनको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको हो।

मेडिसिटी अस्पताल प्रशासनले अहिले पनि थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ। अस्पतालले थापाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेको छ।

रवि लामिछाने

विशेष