News

सन्दीपविरुद्धको मुद्दामा स्वास्थ्य परिक्षण गर्ने डाक्टरले के भने? सकियो वकपत्र

सन्दीपविरुद्धको मुद्दामा स्वास्थ्य परिक्षण गर्ने डाक्टरले के भने? सकियो वकपत्र

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टरको वकपत्र सकिएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार डाक्टरको वपपत्र गराएको हो। यसअघिको सुनुवाईका क्रममा फाल्टै डाक्टरको बकपत्र गराएको पाईएपछि सम्वन्धि डाक्टरको वकपत्र गराउन अदालतले आदेश दिएको थियो। न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो।

‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।’

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाइ हुने भएको छ। अन्तिम सुनुवाइका लागि आगामी सोमबारका लागि पेसी तोकिएको छ। गत फागुन १५ गते फास्ट ट्रयाकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

गौशाला प्रहरी वृत्तमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गर्यो। उनी फर्केपछि असोज २० गते सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गर्यो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। 

सन्दीप लामिछाने

विशेष