News

स्वर्णिम वाग्ले र प्रचण्डका छोरीहरुको नागरिकता छानविन गर्न उजुरी

स्वर्णिम वाग्ले र प्रचण्डका छोरीहरुको नागरिकता छानविन गर्न उजुरी

रवि लामिछाने विरुद्ध उजुरी हालेर चर्चामा आएका सिन्धुलीका युवराज पौडेल (सफल) ले स्वर्णिम वाग्ले तथा पुष्पकमल दाहालका छोरीहरुसहित १२ जनाको नागरिक्ता छानविन गर्न गृहमन्त्रालयमा उजुरी दिएका छन्।

उजुरीमा उच्चपदस्थ १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।

जसमा वाग्लेसहित पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा. नारायण खड्का, राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको नाम छ।

उनीहरुसँग दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ। नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका वाग्ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा उम्मेदवार छन्।

डा. खड्का नेपाली कांग्रेसको राजनीतिमा आउनुअघि क्यानडामा बसोवास गर्थे। उनकी श्रीमती क्यानडाली नागरिक हुन्।

रवि लामिछानेविरुद्ध अदालतमा उजुरी पनि पौडेलले नै गरेका थिए। उनकै उजुरीपछि लामिछानेको मन्त्री र सांसद पद खारेज भएको थियो।


 

स्वर्णिम वाग्ले युवराज सफल

विशेष