News

कांग्रेस–एमाले मिल्ने प्रयास प्रचण्डका कारण मध्येरातमा भाँडियो

ओली र चौथाईवाको एकैछिनको वार्तामा कांग्रेसभित्र चलखेल

कांग्रेस–एमाले मिल्ने प्रयास प्रचण्डका कारण मध्येरातमा भाँडियो

वैशाख १० गतेको उपनिर्वाचनमा एमाले र कांग्रेस मिल्ने तीन दिनदेखिको भुमिगत (गोप्य) प्रयास प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार मध्यराती असफल पारेका छन्।

एमाले–कांग्रेस मिल्नै लागेको थाहा पाएपछि दाहालले उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पुर्णबहादुर खड्कालाई परिचालन गरेर वार्ता भड्काएकाको स्रोतको दावी छ। कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको भन्दै कांग्रेस एमाले मिल्ने प्रयास भईरहेको थियो।

स्रोतका अनुसार बिगत तीन दिनदेखि एमाले उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका नेता डा.रिजाल तथा गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजागाई सहमतिको प्रयासमा लागेका थिए। मंगलवारको वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि थिए । 

मध्येराती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सहमति पत्रमा हस्ताक्षर हुनै लागेको थियो। ठिक त्यसै बेला भारतीय जनता पार्टीका नेता बिजय चौथाईवा ओलीलाई भेट्न बालकोट पुगे। केही समय ओली र चौथाइवालेबीच वार्ता भइरहेका बेला कांग्रेसभित्र चलखेल भएको स्रोतको दावी छ।

बार्ता भाँड्न दाहालले खड्कालाई परिचालन गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा ब्याक भएको वताईएको छ। खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाएका थिए । उनको बोलीमा प्रधानमन्त्री दाहालको भाषा झल्किएको कांग्रेस नेताहरु नै वताउँछन्।

प्रधानमन्त्री दाहालसहित कांग्रेस भित्रको एउटा समुहको स्वार्थका कारण एकै छिनको चलखेलले सहमति भाँडिएको उनीहरुको भनाई छ। देउवाले चितवन– २ का उम्मेदवार जितनारायण श्रेष्ठलाई ‘एमालेलाई सघाउँ,उता तनहुँमा हामी जित्छौं’ भन्दा श्रेष्ठले अस्विकार गरिदिए।

सहमतिमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति तथा उपप्रधानमन्त्री खड्का र चितवनका कांगे्रस सभापति राजेश्वर खनालले पनि असहमति जनाएपछि देउवा ब्याक भएको जनाईएको छ।

दुई महामन्त्री र उपसभापतिहरुलाई थाहै नदिई सभापति देउवाले मिनेन्द्र रिजाललाई अगाडि वढाएर एमालेसँग सहमति गर्न खोजेकाले आफु पछि परेको महसुस गरेर सोही समुहले वार्ता भाँडेको कांग्रेसका कतिपय नेताहरु वताउँछन्।

कांग्रेस महाधिवेशनमा महामन्त्री हारिसकेपछि रक्षामन्त्रीबाट राजीनामा दिएर राजनीतिक मूलधारबाटै किनारामा लागेका रिजाललाई नै देउवाले विश्वासपत्रका रुपमा ओलीसँग संवादमा खटाइनुलाई कांग्रेस नेताले पचाउन नसकेको उनीहरुको भनाई छ।

अर्कोतर्फ गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत देखिएपछि दाहालसहित कतिपय कांग्रेसकै नेता तिलमिलाएको जनाईएको छ। कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि दाहाल प्रधानमन्त्री नरहने भनेपछि माओवादीमा ठुलै हलचल भएको थियो।

पुष्पकमल दाहाल कांग्रेस–एमाले

विशेष