News

प्रधानन्यायाधीश नियुक्तिमा पनि भाँजो, संवैधानिक परिषदमा कुरा मिलेन

प्रधानन्यायाधीश नियुक्तिमा पनि भाँजो, संवैधानिक परिषदमा कुरा मिलेन

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । शिर्ष नेताहरुका विचमा सहमति हुन नसकेपछि वैठक निष्कर्षविहिन भएको हो।

बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले वैठकमा प्रधानन्यायाधिशका नियुक्तिका विषयमा छलफल भएपनि निर्णय हुन नसकेको बताए।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमनत्री समेत रहेका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का सदस्य छन्।

सर्वाेच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ। महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वाेच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् । 
 

प्रधानन्यायाधीश संवैधानिक परिषद

विशेष