News

एम्स अस्पतालमा सुरु भयो राष्ट्रपति पौडेलको उपचार

एम्स अस्पतालमा सुरु भयो राष्ट्रपति पौडेलको उपचार

राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा सुरू भएको छ । बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत एम्समा पु¥याए लगत्तै उपचार सुरू गरिएको हो।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएका थिए। राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। 

छातीमा संक्रमण देखिएपछि उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको ती चिकित्सकले बताए ।
 
पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ । नयाँदिल्ली नपुन्जेलसम्म हवाई यात्राका क्रममा राष्ट्रपति पौडेलको उपचार र निगरानीमा त्रिवि शिक्षण अस्पतल र नर्भिक अस्पतालको चिकित्सकको टोली खटिएको थियो।

परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित एम्स लगिएको हो । छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए। मंगलबार असहज भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । 

अघिल्लो दिनको तुलनामा मंगलबार असहज महसुस हुनासाथ राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । शीतलनिवास स्रोतका अनुसार बिहानसम्म अवस्था सामान्य थियो । सोमबारसम्म उनी नियमित भेटघाटमै व्यस्त थिए । 
 

विशेष