News

रवि लामिछानेमा पनि किन ओली नै देख्छन घनश्याम भुसाल ?

रवि लामिछानेमा पनि किन ओली नै देख्छन घनश्याम भुसाल ?

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रास्वपाका सभापति रवि लामिछानेमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनै देख्न थालेका छन्।

ओलीलाई वामपन्थी कम्युनिस्टमा ‘यदुवंशी मुसल’ को संज्ञा दिएका भुसालले ओलीकै मासपुत्र अहिले सडमा नेता वनेर हिडेको भन्दै लामिछानेलाई ब्यंग्य गरे।

बुधवार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी र राजनीति विगार्ने काम ओलीले संसद विघन गरेबाट सुरु भएको आरोप लगाए।

ओली प्रवृत्तिमा आफूलाई फाइँदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए । 

भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक रहेको बताए । 
 

विशेष