News

चुनावका बेला उपेन्द्रले सम्झिए नागरिक्ता विधेयक, ओलीलाई सरापे

चुनावका बेला उपेन्द्रले सम्झिए नागरिक्ता विधेयक, ओलीलाई सरापे

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई नागरिकता विहिन वनाएको आरोप लगाएका छन्।

बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नागरिक्ता विधेयक अड्काएर ओलीले मधेशी जनतालाई नागरिक्ताबाट वन्चित गराएको आरोप लगाए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए तर एमालेका अध्यक्ष ओलीको कारण त्यसलाई प्रमाणीकरण नगरेको उनको दावी छ।

यद्यपी, मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनै ओलीसँग यादवले तालमेल गरेका थिए। तीन दिन अघिसम्म विधेयकको विषयमा ओलीलाई गाली गरिरहेका यादवले तीन दिनपछि एमालेसँग तालमेल गरेपपछि उनको असली रुप छर्लङ भएको थियो।

यादवले जनताको सेवा सुविधाका लागि भन्दा पनि आफनो स्वार्थका लागि विधेयकको कुरा गर्ने गरेको आरोपले उनलाई गृह जिल्लामा निकै पिरोलेको थियो। एजेन्डा छोडेर सत्तास्वार्थमा लागेपछि नागरिकको विश्वास कमजोर बन्दै गयो।

विश्वास कमजोर हुँदै गएपछि राजनीतिक इमान पनि कमजोर भएको विश्लेषकहरूले आरोप लगाए। उपेन्द्रले आजसम्मका हरेक चुनावमा नयाँ नयाँ मुद्दा उठाएर चुनाव जित्दै आएका थिए। त्यो मध्येको एउटा मुद्दा हो– नागरिक्ता विधेयक पनि हो। ओलीसँगको तालमेलपछि उनले मसिंरको चुनावमा नागरिक्ता विधेयक भजनाउने सुविधा पाएनन्।

उनले चुनाव हार्नुको एउटा कारण नागरिक्ता विधेयक पनि भएको धेरैको अनुमान छ। किनकी विधेयकको विपक्षमा रहेको एमालेसँगै उनले तालमेल गरे। यो तालमेलले उपेन्द्रलाई जनताको प्रश्नको जवाफ दिन हम्मे हम्मे परेको थियो।

अहिले उनी सोही मुद्दा ब्युँताएर उप चुनाव जित्ने रणनीतिमा छन्।

विशेष