रोनाल्डोले मेस्सीका समर्थकलाई गुप्तांग देखाई दिएपछि...
खेल हारेका रोनाल्डोलाई जव ‘मेस्सी, मेस्सी...’ भन्दै जिस्क्याइयो

गत वर्ष डिसेम्बरमा साउदी क्लब अल–नासरमा अनुवन्धित भएका पोर्चुगलका ३८ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदीबाट देश निकाला गर्नु पर्ने आवाज उठेको छ। रोनाल्डोले आलोचकहरुलाई गुप्ताङ्ग देखाएर प्रतिकार गरेपछि उनी विवादमा मुछिएका छन्।
हरेक वर्ष २ सय मिलियन अमेरिकी डलर तलब दिने सर्तमा रोनाल्डोलाई अल–नासरले सन २०२५ जुनसम्मका लागि अनुवन्धित गरेको छ। विश्वमै सबैभन्दा बढी तलव दिएर अल नासरमा लगिएका रोनाल्डो साउदी पुगेपछि पूरा साउदी रोनाल्डोमय हुने अनुमान थियो।
तर, साउदीमा उनले आफनो प्रदर्शन देखाउन सकेका छैनन्। त्यसैले उनलाई मेस्सीका समर्थकले जिस्क्याईरहेका छन्। गत मंगलबार राति साउदी प्रो लिगमा रोनाल्डोको टोली अल–नासर, अल–हिलाल क्लबसँग २–० ले पराजित भएपछि उनी विवादको भुमरिमा परेका छन्।
यो पराजयसँगै रोनाल्डोको अल–नासर लिगको दोस्रो स्थानमा झरेको छ भने अल–हिलाल शीर्ष स्थानमा छ । २३ खेल खेलेको अल–हिलाल ५६ अंकसहित ५३ अंक भएको नासरभन्दा ३ अंकले अगाडि छ ।
रोनाल्डो खेल हारेर मैदानबाट ड्रेसिङ रुम छिर्दै गर्दा खेल हारेका रोनाल्डोलाई ‘मेस्सी, मेस्सी...’ भन्दै जिस्क्याए। रोनाल्डोले आफूलाई जिस्क्याउने दर्शकतिर फकिएर आफ्नो गुप्तांग देखाएर प्रतिकार गरेपछि उनीविरुद्ध ठुलो समुह आक्रोशित छ।
विपक्षी समर्थक वकिलहरूले गलत व्यवहार गरेको भन्दै रोनाल्डो विरुद्ध मुद्दा हालेका छन् । वकिल नफ बिन अहेमेदले रोनाल्डोलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। उनका अनुसार यो एक अपराध हो जुन विदेशीले गरेको खण्डमा गिरफ्तार वा देश निकाला हुन सक्छ ।
क्रिस्टियानो रोनाल्डो