News

भेरीमा निर्माणाधिन बेलिब्रिज भाँचिँदा ९ कामदार घाईते

भेरीमा निर्माणाधिन बेलिब्रिज भाँचिँदा ९ कामदार घाईते

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिएको छ। उक्त पुल भाँचिदा ९ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार डोल्पा जाने सडकखण्डकै जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने पुल निर्माणधीन अवस्थामा रहेको थियो। 

पुलको काम गर्दै गर्दा एक्कासि भाँचिएर भेरीमा खस्दा ९ जना कामदार घाइते भएका छन्। इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुमपश्चिका प्रहरी निरीक्षक विक्रम सुवेदीले नदीमा खसेर ९ जना कामदार घाइते भएका पुष्टि गरे।

उनीहरुको उद्दार गरेर उपचारका जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको उनले जानकारी दिए। 

उनका अनुसार पुल भाँचिएको स्थानबाट अस्पताल पुग्न करिब दुई घण्टा लाग्छ। सबै घाइतेहरुको अवस्था गम्भीर छ। उनले आफू पनि केही समयमा अस्पताल पुग्ने जानकारी दिए। 

विशेष