News

चुनाव हारेर थला परेका विश्व पौडेल अर्थमन्त्रीका साल्लाहकार!

चुनाव हारेर थला परेका विश्व पौडेल अर्थमन्त्रीका साल्लाहकार!

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेका छन्। 

राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्। 

संसदीय निर्वाचनमा चितवन १ बाट उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए। उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्। 

चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन्।

एमसीसीका समर्थक मानिने अर्थविद पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।
 

विश्व पौडेल

विशेष