News

मन्त्रीको भाग मिलाउन नसक्दा कांग्रेसमा देउवा र कोईरालाको झगडा

मन्त्रीको भाग मिलाउन नसक्दा कांग्रेसमा देउवा र कोईरालाको झगडा

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कसलाई मन्त्री पठाउने ? भन्ने विषयमा संस्थापन र इतरपक्षको कुरा नमिल्दा कांग्रेमा आन्तरिक किचलोको वढेको छ। यसको असर प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद् विस्तारमा परिरहेको छ।

प्रधानमन्त्री वनेको तीन महिनामा ७ पटक मन्त्रिपरिषद विस्तार गरेका दाहालले अझै पनि मन्त्रिमण्डललाई पुर्णता दिन सकेका छैनन। बल्लतल्ल दलहरुबीच मन्त्रालयको भागवण्डा मिले पनि कांग्रेसले आफ्नो कोटामा परेका ८ मन्त्रीको नाम नै दिन सकेको छैन।

पार्टीभित्रको झगडाकै कारण कांग्रेसले चार मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ। संस्थापन इतर समूहबाट कम्तीमा तीन मन्त्रालयको माग भए पनि सभापति शेरबहादुर देउवाले दुई मन्त्रालय मात्र दिने निर्णयगरेका छन। यो निर्णयपछि शेखर कोइराला समूहले सरकारमा सामेल नहुने भन्दै मन्त्रीको नाम दिएन। त्यसपछि देउवा चार मन्त्रीलाई मात्र सरकारमा सहभागी गराउन बाध्य भए। आफ्नो भागका चार मन्त्रालयमा कसलाई पठाउने भन्नेबारेमा अझै कांग्रेस अनिर्णित र विवादित छ।

शुक्रबार नै नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले सपथ लिएर आ–आफ्ना मन्त्रालयको जिम्मा सम्हालिसकेका छन्। 

पद तथा गोपनीयताको सपथ लिनेमा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, नेकपा एसबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास, जसपाबाट अशोककुमार राई शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, कांग्रेसबाट डा. प्रकाशरण महत अर्थ, नेसपाबाट महिन्द्रराय यादव महिला, बालबालिका तथा समाज कल्याण, माओवादीबाट शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, नेकपा  एसबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि सुधार, कांग्रेसबाट रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री रहेका छन्। 

आईतवार कांग्रेस मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थप चार मन्त्रीको नाम टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ। तर, बैठकले मन्त्रीको नाम टुंगो लगाउने कुनै निधो भने भइसकेको छैन।
 

विशेष