जनार्दन शर्माको बजेटमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासु घिमिरे विरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको समयमा बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पूर्वनासु घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले घिमिरे विरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। ०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा ०७५ फागुन १ गते राजीनामा दिएका थिए ।
सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रुपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे÷बढाइएको चल÷अचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।
अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका घिमिरे अहिले कलंकीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको समेत खुलेको छ ।
गैरकानुनी सम्पत्ति आर्जनकै लागि पदको दुरुपयोग गरी उनले आफ्नी श्रीमतीलाई भन्सार एजेन्ट बनाएको पनि अनुसन्धानमा संलग्न स्रोतले बतायो ।
यो पनि,
- जनार्दन प्रकरणः थप छानविन गर्न किन तयार भएनन् एमाले सांसद ?
- सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य
- जनार्दन प्रकरणः समितिले फुटेजमा मान्छे चिनेन, रिपोर्ट पनि बुझेन
- जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज
- जनार्दन प्रकरणः प्रहरीले समितिलाई वुझायो सीसीटीभी फुटेजको रिपोर्ट
- जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज
- जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?
- डिलिट भएको अर्थमन्त्रालयको भिडियो ‘रिकभर’ हुने यस्तो सम्भावना
- जनार्दनले दिए वयान, क्लु फेला नपरेपछि समिति नै अप्ठ्यारोमा
- छानबिन समितिले बयानका लागि बोलाउँदा गएनन् जनार्दन शर्मा
- संसदिय छानविन समितिले जनार्दन शर्मासँग छलफल गर्ने, सम्पादकलाई पनि बोलायो
- संसदिय छानविन समितिले फेला पारेन अर्थ मन्त्रालयको फुटेज
- झुक्याउने प्रयास असफल भएपछि अर्थमन्त्रालयले भन्यो– फुटेज छैन
- अर्थमन्त्रालयले संसदिय समितिलाई ढाँट्यो, जेठको भन्दै असारको फुटेज पठाएको खुलासा
- बजेटमा चलखेल गरेर फरार भए रघुनाथ, दुवई पुगेको आशंका
- रघुनाथ घिमिरे एमालेका चन्दादाता, विष्णु पौडेलसँग निकटता ! (श्रृंखला–१)
- छानविनअघि नै योहो टेलिभिजनले जनार्दनलाई यसरी वनायो दोशी