विदेशमा भएकी युवतीको फेसबुक ह्याक गरेर अश्लिल भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

विदेशमा भएकी एक युवतीको फेसबुक ह्याक गरेर अश्लिल भिडियो/फोटो पोस्ट गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको धनपालथान गाउँपालिका–४ का २२ वर्षीय दिपेश लोहनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
लोहनीले अध्ययनको सिलसिलामा विदेश गएकी एक युवतीलाई दैनिक फोन, म्यासेज गरेर धम्की दिने गरेका थिए। तर, ती युवतीले वास्ता नगरेपछि उनको फेसबुक समेत ह्याक गरे। उनी त्यतिमा मात्रै चुप लागेर वसेनन् ह्याक गरेको फेसवुकबाट अश्लिल भिडयो, फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहे।
सोही आरोपमा लोहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।