News

बारा– २ मा उपेन्द्र विरुद्ध उम्मेदवारी नदिने राजेन्द्र महतोको घोषणा

बारा– २ मा उपेन्द्र विरुद्ध उम्मेदवारी नदिने राजेन्द्र महतोको घोषणा

१० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा उम्मेदवारी दिन तयार परेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो ब्याक भएका छन्। उनले अव आफु उम्मेदवार नहुने जनाएका छन् ।

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । त्यहाँ लोसपका नेता महतोलाई उम्मेदवार बनाउने निर्णय भएको थियो। तर, आफू उक्त क्षेत्रमा उम्मेदवारी नदिने निर्णयमा पुगेको महतोले जानकारी दिए । 

‘मैले उपेन्द्र यादवजीलाई नै सहयोग गर्ने निर्णय लिएँ। गठबन्धनको साझा उम्मेदवारको रूपमा उहाँ चुनाव लड्नुहुन्छ’–महतोले भने। उक्त क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रबाट चुनाव लड्ने तयारीमा उपेन्द्र यादव छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेल, जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाउने तयारी गरेको छ । ४ मंसिरमा भएको चुनावमा सोही क्षेत्रबाट रामसहायसँग कुसवाहा पराजित भएका थिए । 
 

विशेष