News

एलन मस्कको स्टारशिप रकेट परीक्षणकै क्रममा विष्फोट

एलन मस्कको स्टारशिप रकेट परीक्षणकै क्रममा विष्फोट

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणकै क्रममा विष्फोट भएको छ।

स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको ३ मिनेटमै रकेट विष्फोट भएको हो । यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो ।

एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो र हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन ।

त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भएको जनाईएको छ। एलन मस्ले परिक्षण उडानको भिडियो ट्वीटरमा शेयर गरेका छन्। 
 

एलन मस्क स्टारशिप रकेट

विशेष