एनआईसी बैंकले हालसम्म सरकारलाई वुझायो १९ अर्ब ९२ करोड राजश्व
एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
वित्तिय विवरण अनुसार विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७९/८० को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७७ दशमलव ७ अर्ब पुर्याएको छ।
निक्षेपतर्फ कुल कुल ३१६ दशमलव ५५ अर्ब पुर्याएको छ। बैंकले यस त्रयमाससम्ममा खुद मुना ४ दशमलव ०१ अर्ब आर्जन गरेको छ। जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २० दशमलव १७ प्रतिशत रहेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी ४६ दशमलव ७६ आर्जन गरेको छ।
स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रयमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले यसअवधिमा ४ दशमलव ८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिन थालेको छ। बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
यो बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्ये एक हो। यसले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित शाखा सञ्जाल गरिरहेको छ।
यो वैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ।