News

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु

जम्मु–कश्मीरको पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको छ। आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।

आक्रमण भट्टा डूरियन जंगलको नजिकै भएको थियो। यो ठाउँ पुँछबाट ९०किलोमीटरको दुरीमा छ। आक्रमणमा लेस नायक देबाशीष बसवाल, कुलवंत सिंह, सिपाही हरकिशन सिंह, सिपाही सेवक सिंह र हवलदार मनदीप सिंहको मृत्यु भएको छ।

लेस नायक देबाशीष बसवाल उड़ीसाका हुन भने अन्य चार जना पन्जाबका हुन। नार्दर्न कमान्ड हेडक्वार्टरका अनुसार ट्रक भिंबर गलीबाट पुँछतिर जाँदै गरेको थियो। पानी परिरहेकाले विजिबिलिटी कम थियो। यसैको फाईदा उठाएर भएको आक्रमणमा एक जवान गंभीर घाईते भएका छन्।

मृत्यु भएका जवान राष्ट्रीय रायफल्स यूनिटका थिए। सेना प्रमुख जनरल मनोज पाण्डेले रक्षामन्त्री राजनाथ सिंहलाई आक्रमणको वारेमा जानकारी दिएका छन्।
 

विशेष