News

बुधवार भनाभन गरेर उठेका दाहाल–ओली फेरी कसरी वसे छलफलमा?

बुधवार भनाभन गरेर उठेका दाहाल–ओली फेरी कसरी वसे छलफलमा?

 प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति खोज्न दुई नेताबीच छलफल भईरहेको जनाईएको छ। 

यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रश्ताव गरेका थिए। दाहालले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरे पछि अध्यक्ष ओलीले असहमति जनाएका थिए । 

त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए । ओलीले प्रधानन्यायाधीश नियुक्ति चाँडै गर्नुपर्छ भन्ने पक्षमा आफू रहेपनि प्रक्रियागत ढङ्गले जानुपर्ने भन्दै घुमाउरो शैलीमा आफ्नो असन्तुष्टि राखे ।

छलफलका क्रममा अध्यक्ष ओलीले शुक्रबारका लागि तय भएको बैठक बुधबार नै किन सारिएको भन्दै प्रश्न गरेका थिए । करिब डेढ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता अध्यक्ष ओलीले निर्वाचन सम्पन्न भएको पाँच महिना बित्दा समेत ‘मिनी संसद्’ भनिने संसदीय समितिहरूलाई पूर्णता नदिएकाले संवैधानिक नियुक्तिहरू गर्न प्रक्रियागत ढङ्गले पनि असहज हुने धारणा राखेका थिए ।  

‘प्रधानन्यायाधीश सिफारिस भए पनि तत्काल नियुक्ति हुने सम्भावना देखिँदैन, किनभने संसदीय समितिहरू गठन नै भएका छैनन’, ओलीले बैठकमा भनेका थिए, ‘संसदीय समिति गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नुको मचाहिँ कुनै अर्थ देख्दिनँ ।’

यति भनिसकेपछि ओलीले संसदीय समिति गठनको विषय उठान गरे । उनले संसदीय समिति पहिला टुङ्गो लगाउनुपर्ने पूर्ववत् अडान दोहो¥याउँनै प्रधानमन्त्रीको पुन ध्यानाकर्षण गराएका थिए । ओलीको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले लामो समयदेखि सर्वोच्च अदालत कामु प्रधाननयायाधीशका भरमा चलेको र यसले राम्रो सन्देश नगएको भन्दै सहमति जुटाएर तत्कालै प्रधानन्यायाधीश नियुक्ति गरेपछि मात्रै संसदीय समिति गठन गर्न सकिने जवाफ दिएका थिए । 

प्रधानमन्त्रीले यसो भन्दै गर्दा ओलीले चर्को स्वरमा संवैधानकि परिषद् बैठकमा मात्रै प्रमुख प्रतिपक्ष दलको नेता चाहिने हो वा संसदमा पनि चहिन्छ भन्ने सोच्नुभएको हो ? भनेर थप प्रश्न गरे । त्यसपछि दाहाल र ओली केही बेर भनाभन नै भएको जनाईएको छ। 
 

विशेष