स्वर्णिमका बुबाआमा चढ्दै आएको गाडी अज्ञात समुहद्वारा तोडफोड

तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको बा११च ४२५० नम्वरको गाडी तोड्फोड् भएको छ । पार्किङ गरेर राखेकै ठाउँमा गाडी तोडफोड भएको हो।
विहिवार राती गाडीमा तोडफोड भएको वाग्लेका भाइ अञ्जित अर्यालले बताए । अञ्जित रर्णिमका ठूलिआमाका छोरा हुन् । चैत २७ गते वाग्लेका बाबुआमालाई चितवनबाट तनहुँ पुगेका छन्।
अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए । बिहीबार बेलुका साढे ८ बजे कारलाई दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको गाडी बिहान तोड्फोड भएको अवस्थामा भेटिएको अर्यालले वताए।
कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताए । इन्स्पेक्टर विकका अनुसार कार दीलकुमारी खनालको नाममा छ । खनाल वाग्लेकी आमा हुन् ।
वाग्ले वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कातर्फबाट उम्मेदवार छन्।