News खेल

सन्दीपले बनाए ओडिआईमा छिटो १०० विकेट लिने खेलाडीको विश्व किर्तिमान

सन्दीपले बनाए ओडिआईमा छिटो १०० विकेट लिने खेलाडीको विश्व किर्तिमान

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका छन्। योसँगै नेपाललाई तेस्रो सफलता मिलेको छ।

१३औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा ओमानका साफिक र अन्तिम बलमा ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे। योसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो।

रसिदले ४४ खेलमा सय विकेट पुर्याएका थिए। सन्दीपले ४२ खेलबाट यो रेकर्ड आफ्नो नाममा पारेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।

कमजोर सुरुआतपछि सम्हालिँदै नेपालले वान डे इतिहासमा तीन सयमाथिको स्कोर बनाएको पनि यो पहिलो पल्ट हो । नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय इनिङ्स खेले । वान डे इतिहासमा यो नेपालको ऐतिहासिक ५०औं वान डे हो । यस्तै प्रतियोगिताकै यो पहिलो औपचारिक वान डे पनि हो ।

नेपाल र ओमान दुवै वान डे मान्यता प्राप्त टिम हुन् । नेपालको यसअघि उच्च स्कोर २ सय ९७ रन रहेको थियो र यो नेपालले पपुवा न्युगिनीविरुद्ध बनाएको थियो ।

नेपालका लागि कुशलले १ सय ८ रन बनाए र यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलको सामना गरेर शतक पूरा गरे र यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको शतक हो । सोमपालले ४८ बलमा ६३ रन बनाए र नटआउट रहे । नटआउट ब्याटर करण केसीले १५ बलमा २९ रन बनाए ।

नेपालले आफ्ना दुवै ओपनर कुशल भर्तेल र आसिफ सेखलाई शून्यमा गुमाएको थियो । भीम सार्कीले कप्तान रोहित पौडेलसँग लिमेर तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । रोहितले २३ रन बनाए । त्यसपछि भीमले ३३ र र आरिफ सेखले २९ रन बनाए । 
 

विशेष