News

महाकालीमा तुइनबाट खसेर एक ब्यक्तिको मृत्यु, ५ सय मिटर पर भेटियो शव

महाकालीमा तुइनबाट खसेर एक ब्यक्तिको मृत्यु, ५ सय मिटर पर भेटियो शव

दार्चुलाको महाकाली नदीमा खसेर एक ब्यक्तिको मृत्यु भएको छ।

व्याँस गाउँपालिका–२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए। खोजतलास गर्दा उनको शव फेला प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिव साढे १ बजे भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुालका डिएसपी जगत गाहामगरका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५ सय मिटर टाढा भण्डारीको शव फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। 
 

तुइन

विशेष