News

रवि लामिछानेलाई ‘चटके’ भन्दै बाबुरामको प्रश्नः के त्यो जादुगर हो ?

रवि लामिछानेलाई ‘चटके’ भन्दै बाबुरामको प्रश्नः के त्यो जादुगर हो ?

पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘चटके’को संज्ञा दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई लामिछानेप्रति कटाक्ष गरेका हुन। भट्टराईले अहिले मुलुकमा डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताउँदै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताए।

‘वैचारिक ढंगले अग्रगामी सोचका विरूद्धमा हावा बगिरहेको छ, बिस्तारै यहाँ पनि छिर्दैछ। त्यो बहुत डरलाग्दो छ’ उनले भने–‘यो देश भित्र पनि विभिन्न ढंगले शक्तिहरूको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रुपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरू छन्। त्यसको कुनै विश्लेषण छैन।’

रास्वपा र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै उनले थपे–‘म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिव जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठीक गर्दिन्छु भन्नेछन्।’
 

विशेष