News

मोदीले उदघाटन गरेको विश्व बौद्ध शिखर सम्मेलनमा दलाई लामाको सम्वोधन

मोदीले उदघाटन गरेको विश्व बौद्ध शिखर सम्मेलनमा दलाई लामाको सम्वोधन

अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आईबीसी) ले अप्रिल २०–२१ मा नयाँ दिल्लीमा पहिलो विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरेको छ।

विश्वले सामना गरिरहेका समस्याहरूको बारेमा छलफल गरी समाधान खोज्ने उदेश्यले आयोजित शिखर सम्मेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका थिए। मोदीले बुद्धका उपदेशहरू पछ्याएर भारतले गरेको प्रगतिका बारेमा प्रकाश पारेका थिए।

दलाई लामाले पनि शिखर सम्मेलनमा भाग लिएका थिए भने तिब्बतको अवस्थालाई हाइलाइट गर्दै करुणा र बुद्धिमा ध्यान केन्द्रित गर्न उनले आह्वान गरेका थिए। उनले बुद्ध धर्मको सारलाई विश्वमा फैलाउने महत्व र भगवान बुद्धको शान्ति सन्देशमार्फत विश्वव्यापी चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए ।

प्रकृतिले निम्त्याएका चुनौती तथा मानवजातिले सामना गरिरहेका समस्याको समाधान खोज्ने उदेश्यले आयोजित सम्मेलनमा महिमा, उदारता र कार्यमा नैतिकतालाई बढावा दिन बुद्धका शिक्षाहरूको सान्दर्भिकतालाई जोड दिइएको थियो।

विश्वव्यापी बौद्ध शिखर सम्मेलन ‘सहयोगी छिमेकी र सहयोगीको रूपमा भारत’को भूमिकालाई विस्तार गर्न मद्दत गर्नका लागि महत्वपूर्ण पहल भएको जनाईएको छ। भगवान बुद्धका आदर्शहरूलाई लोकप्रिय बनाउन काम गरेका मानिसहरूलाई पनि यो अभियानमा जोडिने प्रधानमन्त्री मोदीको कथन छ।

बुद्धका शिक्षाहरूलाई प्रवद्र्धन गर्ने र आजको संसारमा तिनीहरूको सान्दर्भिकता पत्ता लगाउन शिखर सम्मेलन एउटा ऐतिहासिक सम्मेलन भएको जनाईएको छ। जसमा बौद्ध धर्म तथा यसको शान्ति र करुणाको सन्देशलाई बढावा दिनका लागि भारतले प्रतिबद्धता जनाएको छ ।
 

विश्व बौद्ध शिखर सम्मेलन

विशेष