News

गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, अधिकारी पद मुक्त

गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, अधिकारी पद मुक्त

गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि सरकार ढलेको हो। 

शनिबार बसेको प्रदेशसभा बैठकमा अधिकारीले संविधानको धारा १८८ को उपधारा २ बमोजिम उक्त प्रस्ताव पेस गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । अधिकारीको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए ।

प्रदेशसभाका कांग्रेसको सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् । एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

पुस २९ गते विश्वासको मत पाएका अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिएका हुन्। 
 

विशेष