News खेल

एमबाप्पेले पीएसजीलाई उपाधितर्फ डोर्याए, शुक्रवार दुई सहित सिजनमै ३४ गोल

एमबाप्पेले पीएसजीलाई उपाधितर्फ डोर्याए, शुक्रवार दुई सहित सिजनमै ३४ गोल

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २–१ ले पराजित गरेको छ । शुक्रबार रातिको यो जितपछि लिग लिडर पीएसजीले उपाधि होडमा बलियो भएको छ।

एन्गर्सको मैदानमा पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे। एमबाप्पेले खेलको नवौं र २६औं मिनेटमा गोल गरेका थिए । सबैखाले प्रतियोगितामा गरी एमबाप्पेले यस सिजनमा ३४ गोल गरिसकेका छन् ।

एन्गर्सका लागि सादा थिउबले ८७औं मिनेटमा सान्त्वना गोल फर्काए । जितपछि पीएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको मार्सेमाथि ११ अंक अग्रता बनाएको छ । मरासले एक खेल कम खेलेको छ ।

३२ खेलबाट १४ अंक मात्र रहेको एन्गर्स अंकतालिकामा पुछारमा छ । 
 

विशेष