News अपराध सुरक्षा

दाईजोमा कवोलेको सुन नदिएको भन्दै श्रीमतीलाई पोलेर मार्न खोज्ने राजीव पक्राउ

दाईजोमा कवोलेको सुन नदिएको भन्दै श्रीमतीलाई पोलेर मार्न खोज्ने राजीव पक्राउ

विवाहको वेला कवुल गरेको दाईजो नदिएको भन्दै १० वर्षपछि श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लागेका ब्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। 

विवाहको वेला कवुल गरेको दाईजो नदिएको भन्दै १० वर्षपछि श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लागेका ब्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। 

जनकपुरधाम उपमहानगरपालिका– २०, देवपुरा रुपैठाका राजीव झालाई प्रहरीले पक्राउ गरेको हो। पत्नि श्वेता झाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताए।

स्वेताले राजिव विरुद्ध घरेलु हिंसा मुद्दामा उजुरी दिएकी थिईन। बिहेका बेला दाइजोबापत माइतीले दिने भनेको ३ तोला सुन नदिएको भन्दै बैशाख १ गते पतिसहित परिवारै मिलेर आफूलाई आगो लगाएर मार्न खोजेको श्वेतालाई बताएकी छन्। 

२८ वर्षीया श्वेता अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन्। उनको पेट तथा दायाँ खुट्टा जलेको छ। 

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि उपचारका लागि अस्पतालसमेत नल्याएको उनको दुखेसो छ। घटनाबारे थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायत आफन्त आएर अस्पताल भर्ना गराएका हुन्। श्वेता र राजीवको विवाह भएको १० वर्ष भयो। उनीहरुका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन्।

यसअघि दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई पक्राउ गरेको हो। चौधरीलाई उनकै घर रामगोपालपुर नगरपालिका–५ बाट पक्राउ गरिएको हो। उनले दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरेका थिए। 

तीन वर्षअघि ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो। त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टीकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए। 

५१ लाख रुपैयाँसहित नेहाको परिवारले २० तोला सुन दाइजो दिएको थियो। दाइजो कम भएको भन्दै पंकजको परिवारले नेहालाई मानसिक तनाव दिन थालेको थियो। पछि पंकजले समेत नेहालाई घरेलु हिंसा गर्न थालेका थिए। 

त्यसपछि प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाइबुझाइ गरेर छाडेको थियो। त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएपछि उनीविरुद्ध नेहाले उजुरी दिएकी थिइन्। नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले पनि सेवाबाट निकालेको छ। 
 

दाईजो

विशेष