News विदेश

पाईलटले गर्लफ्रेन्डलाई ककपिटमै लगेपछि...

पाईलटले गर्लफ्रेन्डलाई ककपिटमै लगेपछि...

एयर इन्डियाका एक पाइलटले गर्लफ्न्ड (केटी साथी) लाई इकोनोमी क्लासबाट सारेर ककपिटमा राखेको विषय अहिले भारतमा चर्चामा छ।

जानकारी अनुसार दुबईबाट दिल्ली उडानका क्रममा एयर इन्डियाका फ्लाइट कमान्डरले आफ्नी गर्लफ्रेन्डलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए। समाचार एजेन्सी पीटीआईका अनुसार घटना गत फेब्रुअरी २७ को हो।

यस विषयमा भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले छानबिन गरिरहेको छ। त्यसै क्रममा शुक्रवार विमानका पाइलट, सहपाइलट, क्याविन क्रु सदस्य र महिला शुक्रबार बयानका लागि डीजीसीएमा उपस्थित भए।

यसअघि ३ मार्चमा केबिन चालक दलका सदस्यले एयर इन्डियाका सीईओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए। त्यसपछि यो मुद्दा डीजीसीएमा पठाइयो।

घटना विवरणअनुसार केबिन क्रुको एक सदस्यले फ्लाइट कमान्डररलाई त्यसो नगर्न आग्रह गर्दा उनले ती सदस्यलाई उल्टै गाली गरेका थिए।
 

विशेष