News

पदम लिम्बुको शवयात्राका क्रममा विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप

पदम लिम्बुको शवयात्राका क्रममा विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गर्दा मारिएको पदम लिम्बुको शव यात्राका क्रममा विराटनगरमा झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

अहिले पनि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ । प्रहरीले दर्जनौ सेल अश्रुग्याँस प्रहार गरेको छ। 

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

सरकारले उनलाई सहिद घोषणा गरेपछि आज उनको अन्त्येष्टी हुँदैछ। 
 

विशेष