News अपराध सुरक्षा

प्रहरीको गोली लागेर विराटनगरमा ७ जना घाईते, थप विवरण आउन वाँकी

प्रहरीको गोली लागेर विराटनगरमा ७ जना घाईते, थप विवरण आउन वाँकी

विराटनगरमा प्रहरीको गोली लागेर ७ जना घाईते भएका छन् । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शवयात्राका क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको रबरको गोली लागेर शवयात्रामा रहेका ७ जना घाईते भएको जनाईएको छ। घाईते सवैको विवरण आईसकेको छैन।

घाईते हुनेहरुमा किरात राई यायोख्खा बिराटनगरका समिति सदस्य चन्द्र कुमार राई, सुनसरी इटहरी–२ का डेनिस राई र शिबसतासी–८, सन्त कुमार शेर्मा, राजकुमार शेर्मा लगातय छन् । अहिले उनीहरुको पारस अस्पतालमा उपचार भइरहेको छ ।

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपमा परी लाजेहाङ घाईते भएका थिए ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएपनि १० गते मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए ।

लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् ।

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको निशेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा झडप सुरु भएको थियो।

मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले रबरको गोलीसहित अश्रुग्यास र लाठी प्रहार गरेको हो ।

विशेष