News विदेश

भारतीय प्रधानमन्त्री मोदीलाई राजिव गान्धी जस्तै बमले उडाउने धम्की

भारतीय प्रधानमन्त्री मोदीलाई राजिव गान्धी जस्तै बमले उडाउने धम्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूर्व प्रधानमन्त्री राजीव गांधीकै जसरी बलमे उडाउने धम्की आएको छ। सोमवार दुई दिने ‘केरल भ्रमण’ मा निस्कन लागेका वेला मोदीलाई यस्तो धम्की आएको हो।

त्यसअघि एउटा धम्कीपूर्ण पत्र पात्र भएको छ। जसमा ‘पीएम मोदीलाई राजीव गांधी जस्तै बलमे उठाउने धम्की दिईएको छ। धम्कीपूर्ण पत्रको विषयमा पुलिस र सुरक्षा एजेंसिले जाँच सुरु गरेका छन्।

जानकारी अनुसार भाजपाका प्रदेश अध्यक्ष सुरेन्द्रनको कार्यालयमा कोच्चिका एक व्यक्तिले मलयालम भाषामा लेखिएको पत्र प्राप्त भएको हो। उनले त्यो पत्र गत हप्ता प्रहरीको जम्मा लगाएका थिए।

धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ। पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन्।

मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो। सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे। यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ।

तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन्। उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता ¥यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए। 
 

विशेष