News

रास्वपाका नेता/कार्यकर्ताले माफी मागेपछि मतदान सुरु

रास्वपाका नेता/कार्यकर्ताले माफी मागेपछि मतदान सुरु

चितवन–२ को नयाँ किरण मावि भोजाड केन्द्रमा रोकिएको मतदान दुई घण्टापछि पुनः सुरु भएको छ। रास्वपाका कार्यकर्ताले आफनो गल्ती स्विकार गरेर माफी मागेपछि पुनः मतदान सुरु भएको हो।

रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ। रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच भएको चार बुँदे समझदारी पत्रको पहिलो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’

रास्वपाका प्रतिनिधिले क्षमायाचना गरेपछि मतदान पुनः सुरु भएको बताइएको छ । त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने र ३ सय मिटर वरपर शान्ति सुरक्षा कायम गर्नका लागि सेना परिचालन गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

कृष्णपुर माविमा अवरुद्ध भएको मतदान पनि पुनः संचालनमा आएको छ । 
 

विशेष