News

चितवनमा मंसिरको जति पनि मत खसेन, यस्तो छ कारण

चितवनमा मंसिरको जति पनि मत खसेन, यस्तो छ कारण

चितवन क्षेत्र नम्बर २ मा मंसिर ४ को तुलनामा धेरै कम मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।

मंसिर ४ मा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा ६० प्रतिशत भन्दा कम मत खसेको कार्यालयले जनाएको छ ।

चितवन २ मा कुल १ लाख २४ हजार ६९८ मतदाता छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए । यस पटक किन कम मत खस्यो भन्ने अहिले खुलेको छैन।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ मा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेले जितेका थिए। नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनलाई वर्खास्त गरेपछि उपनिर्वाचन भएको हो । 
 

विशेष