News

आफैँलाई भोट हाल्न नपाएपछि केन्द्र अवलोकनमा हिँडे स्वर्णिम वाग्ले

आफैँलाई भोट हाल्न नपाएपछि केन्द्र अवलोकनमा हिँडे स्वर्णिम वाग्ले

तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका अर्थविद डा स्वर्णिम वाग्लेले आफैलाई भोट हाल्न पाएनन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मदेवार वनेका उनी बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा छन्।

मतदान सुरु हुँदा उनी ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयमा थिए। 

तनहुँको उपनिर्वाचनमा उनीसहित ११ जना उम्मेदवार रहेका छन् । तर तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउने छैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। 
 

विशेष