News

रविसहित रास्वपाका तीनै जना उम्मेदवारले भोट हाल्न पाएनन्

रविसहित रास्वपाका तीनै जना उम्मेदवारले भोट हाल्न पाएनन्

उपनिर्वाचन भईरहेका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवारले भोट हाल्न पाएनन्।

सभापति रवि लामिछाने चितवन २, स्वर्णिम वाग्लेले तनहुँ १ र रमेश खरेलले बारा क्षेत्र नं. २, मा भोट हाल्न नपाएका हुन।

लामिछाने र खरेलको मतदाता नामावली काठमाडौं, वाग्ले पनि तनहुँ वाहिरका हुन। गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।

बाराका रामसहाय यादव उपराष्ट्रपति र तनहुँका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। किरियापुत्री, ज्येष्ठ नागरिक लगायत पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेका छन्।

मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् । 
 

विशेष