अनैतिक सम्वन्धको पोल खुलेपछि पतिसँगै मिलेर ब्वाईफ्रेन्डको हत्या, दम्पत्ति नै पक्राउ

अनैतिक सम्वन्धको पोल खुलेपछि पतिसँगै मिलेर ब्वाईफ्रेन्डको हत्या गरी फरार भएकी एक महिलालाई बारा प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न दुवैलाई चार दिनअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ राजनपुर टोल घर भई बसमा सहचालकको काम गर्ने २२ वर्षीय महेश साहको हत्या गरी फरार भएका पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रोशनी देवी पक्राउ परेका हुन।
बाराको विश्रामपुर गाँउपालिका–५, इटियाहीमा मंसिर २७ गते युवकको हत्या भएको थियो। त्यसपछि फरार भएका उनीहरु भारतको बिहार, दिल्ली, केरलालगायतका स्थानमा लुकेर वस्दै आएका थिए। घर आएका बेला भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो।
युवकको शव स्थानीय भुलन चौरसियाको खेतमा रहेको परालको भुसले छोपिएको अवस्थामा फेला परेको थियो। महेश र रोशनीले अवैध यौन सम्बन्ध बनाईरहेका वेला पतिले रंगेहात पक्राउ गरेपछि महेशको हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रोशनीका पति रोजगारीका लागि घर बाहिर रहँदा महेश र रोशनीबीच लामो समयदेखि यौन सम्बन्ध भइरहेको थियो। घटनाका दिन पनि महेश र रोशनीबीच इटियाहीमा भेट भएको थियो।
उनीहरूले गोप्य रूपमा भेट गरिरहेको ठाउँमा पति कैलाश आएपछि विवाद भएको र पती–पत्नीनै मिलेर केबलको तारले घाँटी थिचेर महेशको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिएका छन्।
बोगटीका अनुसार पक्राउ परेकी रोशनीले मृतक महेशसित विवाह गर्ने योजना बनाएकी थिइन् । तर महेशको परिवारले मानेको थिएन । नमानेपछि रोशनीले लामो समयदेखि बाहिर बस्दै आएका पति कैलाशलाई बोलाएर दुबै मिली हत्या गरेको जनाईएको छ।
रोशनीले नेपालमा बस्ने आफ्नी आमालाई फोन गरेर घर आउँदै गरेको वताएपछि सोही सुचनाका आधारमा दुवैलाई पक्राउ गरिएको जनाईएको छ।
हत्या