News

रविका कार्यकर्ताले उपद्रो मच्चाएपछि नयाँकिरणमा मतदान रोकियो

रविका कार्यकर्ताले उपद्रो मच्चाएपछि नयाँकिरणमा मतदान रोकियो

रवि लामिछानेका कार्यकर्ताले उपद्रो मच्चाएपछि चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रको मतदान रोकिएको छ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले प्रतिरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी चार्ज गरेको छ।

त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको जनाईएको छ। नाराबाजीमा संलग्न रास्वपका कार्यकर्तालाई बाहिर पठाईएको छ।

विवादपछि मतदानस्थलबाहिर सेनाको टोली पनि पुगेको छ। रोकिएको मदतान अघि बढाउन अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठकमार्फत सहमति जुटाएर मतदान अघि बढाउन लागिएको मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले सञ्चारकर्मीहरुलाई बताएका छन्।
 

विशेष