News

हुलहुज्जत गरेको आरोप सहित लामिछाने भन्छन्– अन्य मतदान केन्द्रमा जाने अवस्था छैन

हुलहुज्जत गरेको आरोप सहित लामिछाने भन्छन्– अन्य मतदान केन्द्रमा जाने अवस्था छैन

चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेले अन्य दलका उम्मेदवारहरूलाई संयमित रहन आग्रह गरेका छन् । चितवनबाटै फेसबूक लाइभ गरेका उनले लोकतन्त्रमा विश्वास राख्ने दलहरुले हुलहुज्जत, गुण्डागदी र झडपमा विश्वास राख्न नहुने वताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उनले भनेका छन्, ‘अरु दलका उम्मेदवारहरूलाई मेरो विनम्रतापूर्वक आग्रह छ कि तपाईंहरू संयमित रहनुहोला र म दलका शीर्षस्त नेताहरूलाई पनि यहीँबाटै भन्न चाहन्छु— आफ्ना उम्मेदवार, नेता÷कार्यकर्ता, भोलिन्टियर र मतदाताहरूलाई संयमित राखिदिनुहोला ।’

‘पछि पनि सहकार्य हुन्छन्, पछि पनि निर्वाचन लडिन्छ । त्यसैले पछि पनि आफूलाई मतदान गर्ने न्यूनतम ठाउँ राख्नुहोला’ उनले भनेका छन्–‘राम्रो अभ्यास गरौँ । भोलिका दिनमा तपाईंको पक्षमा मतदान गर्ने न्यनूतम ठाउँ राख्नुहोला ।’

उनले आफू र आफ्नो टिममाथि आक्रमणको प्रयास भएकोसमेत आरोप लगाएका छन्। ‘म मतदान केन्द्रमा आउँदा केही नाराबाजीहरू भएका छन् । तपाईंहरू आउँदा पनि त तपाईंका मतदाता, समर्थकहरूले नाराबाजी गरे होलान् तपाईंका पक्षमा’ उनले भनेका छन्–‘त्यसलाई मैले स्वाभाविकरूपमा लिएको छु, मेरो पक्षमा नारा लगाइँदा पनि त्यसलाई स्वाभाविकरूपमै लिनुहोला।’

भोजाडस्थित नयाँकिरण माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। अहिले आफु अरू मतदान केन्द्रमा जाने अवस्था नरहेको उनले गुनासो गरेका छन्। 
 

विशेष