प्रचण्डको भारत भ्रमणमा नयाँ सम्झौता नहुने, तीन दिने तालिका पठाइयो

सरकारले प्रधामन्त्री पुष्पकमल दाहालको तीन दिने भ्रमणको तालिका भारत पठाईएको छ। सरकारले दुई वटा मिति राखेर भ्रमणको तालिका प्रश्ताव गरेको छ।
दाहालले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये कुनै एउटा दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्रीको भ्रमण तय हुने र यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ ।
तीन दिनसम्म हुने भ्रमणमा के के एजेण्डामा छलफल हुने भन्नेबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले तयारी गरिरहेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै पनि नयाँ विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालय स्रोतले दाबी गरेको छ ।