News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध

राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण उडान अवतरण प्रभावित भएको हो।

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएको जनाईएको छ। सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।

मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् । 
 

विशेष