News

तनहुँमा स्वर्णिम वाग्लेले ५०१९ पाउँदा गोविन्दको २२५१ मत

तनहुँमा स्वर्णिम वाग्लेले ५०१९ पाउँदा गोविन्दको २२५१ मत

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ। मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रस्थानमा छन्।

बिहान ६ बजेसम्म गणना भएको ९२४६ मत मध्ये वाग्लेले ५०१९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

विशेष