News

मंसिरमा एमालेले धेरै भोट पाएको इच्छाकामनामा रविलाई १७ सय मतको अग्रता

मंसिरमा एमालेले धेरै भोट पाएको इच्छाकामनामा रविलाई १७ सय मतको अग्रता

चितवन २ मा जारी उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निरन्तर अग्रता लिईरहेका छन्।
 
इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा लामिछाने १ हजार ७ सय मतले अघि छन्। अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाबाट ९ हजार ४४४ मतगणना सकिएको छ।

हाल रविले ४ हजार ३५८, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र कांग्रेसका जितनारायणले २ हजार २०५ मत पाएका छन्। 

यस पालिकामा गत मंसिरमा भएको निर्वाचनमा रवि लामिछानेले तेस्रो मत पाएका थिए। तर यसपालि उनले यही पालिकाबाट अग्रता लिन सुरू गरेका हुन्। 

यहाँ मंसिरमा सबैभन्दा बढी मत एमालेले पाएको थियो। एमाले उम्मेदवारले यहाँ ३ हजार ६२३ मत पाएका थिए भने नेपाली कांग्रेसले ३ हजार २१६ र रास्वपाले २ हजार ९७५ मत पाएको थियो। 
 

विशेष