News

मलेसियामा अवतरण गरेको विमानका यात्रुको ब्यागेज काठमाडौंमै छुटेपछि...

मलेसियामा अवतरण गरेको विमानका यात्रुको ब्यागेज काठमाडौंमै छुटेपछि...

नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ (ग्राउन्ड सपोर्ट) युनिटको लापरबाहीले आईतवार राती मलेसियाका लागि उडेको विमानका ४६ वटा ब्यागेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको पाईएको छ।

मलेसियन एयरलायन्सको उडानबाट जापान, सिड्नी, क्वालाम्पुरलगायतका गन्तव्यमा जाने यात्रुका सामान विमानस्थलमै छुटेको एक कर्मचारीले जानकारी दिए । करिव ८ सय केजी तौलका ४६ वटा ब्यागेज जहाजमा लोड गर्नै छुटेको उनले वताए ।

ब्यागेज त्यसरी अलपत्र परेको भेटिएपछि मलेसियन एयरको काठमाडौं स्टेशनले निगमलाई गम्भीर त्रुटि भएको भन्दै छानबिन गर्न पत्राचार गरेको छ । मलेसिया एयरलायन्सले निगमलाई आफ्ना कर्मचारीलाई ग्राउन्ड ह्यान्डलिङ गर्दा उडान सुरक्षासँग सम्बन्धित नियमहरु कडाईका साथ पालना गर्न लगाउन चेतावनी दिएको छ।

राति १ बजे काठमाडौंबाट उडेको मलेसिया एयरलायन्सको एमएच११५ उडान नम्बरको जहाजबाट छुटेको ब्यागेज सोमबार दिउँसो २ बजेको मलेसियाको अर्को उडानबाट क्वालाम्पुर पठाइएको छ ।
 

विशेष