स्वर्णिमलाई १० हजार मतको अग्रता, साढे १५ हजारले पछि परे सर्वेन्द्र

तनहुँ –१ मा राष्ट्रय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएर १० हजार मतान्तर कायम गरेका छन्।
३० वटा वडाको ४३ हजार ७१ मत गणना भइसक्दा वाग्ले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १० हजार मतान्तरले अघि छन्। वाग्लेले २२ हजार २६० र भट्टराईले १२ हजार ९११ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको ६ हजार ५९३ मत छ।