News

स्वर्णिमलाई च्याप्न खोज्दा अर्थ मन्त्रालय गुमाएका गगन, जसले अहिले उनैलाई छोडे

दाजु–भाउजुसँग यसरी सुरु भयो स्वर्णिमको ‘काटोछिनो’

स्वर्णिमलाई च्याप्न खोज्दा अर्थ मन्त्रालय गुमाएका गगन, जसले अहिले उनैलाई छोडे

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्ने हदैसम्मको प्रयास गरे। प्रधानमन्त्री बन्ने एजेण्डा नै वनाएर चुनाव लडेका उनले जितेपछि कांग्रेस संसदीय दलको नेताको चुनाव पनि लडे। तर, पराजित भए।

पार्टीले सरकारको नेतृत्व गर्दा संसदिय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा अनुसार संसदिय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने सपना लगभग सकिएपछि उनले उनले अव मन्त्री मात्रै वनेर सरकारमा नजाने घोषणा गरे। सरकार गठनको तयारी हुँदै गर्दा पनि गगनले ‘म मन्त्री हुने लाईनमा छैन’ भनिरहे। 

तर, त्यसक्रममा उनले हालका उपप्रधान तथा रक्षामन्त्री पुर्णवहादुर खड्काको जस्तो शैली नपनाएका भने होईन। मन्त्री नवन्ने घोषणा गरेका खड्का मन्त्री नवनेपछि जसरी ‘मैले मन्त्री पो वन्दिन भनेको त, उपप्रधानमन्त्री बन्दिन भनेकै थिएन’ भनिरहेका छन्, त्यसैगरी गगनले पनि त्यो रवैया अपनाएकै हुन।

मन्त्रिमण्डल गठनको छलफलका क्रममा गगनले सभापति शेरवहादुर देउवासँग अर्थमन्त्री बन्ने इच्छा जाहेर गरेका थिए। तर त्यो प्रश्ताव देउवाले ठाडै इन्कार गरिदिए। अर्थमन्त्री बने स्वर्णिमलाई सल्लाहकार बनाउँछ भनेर पनि गगनको प्रस्तावमा देउवाले सोच्नै नचाहेको एक नेता वताउँछन्। स्रोतका अनुसार ‘भाइले पहिले पनि राम्रो काम गरेको स्वास्थ्यमन्त्री बन्ने, स्वास्थ्य’ भनेर देउवाले गगनको अर्थमन्त्रालयमा छिर्ने ढोका लगाई दिए।

तिनै स्वर्णिम वाग्ले अहिले गगनले भेटन खोज्दा समेत मोवाई स्विच अफ गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टी नेताहरुका अनुसार ०७४ सालको आमचुनाव अघिसम्म स्वर्णिम देउवाको दाहिने हात थिए। देउवाकै निगाहमा उनी त्यसवेला योजना आयोगको उपाध्यक्ष पनि भए। तर, त्यसपछि भने उनको आफनै कारणले दाजु–भाउजु (शेरबहादुर–आरजु देउवा) को आँखाको कसिंगर भए।

०७४ सालको चुनाव सकिएर नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकार बनिसकेपछि एक दिन स्वर्णिम, डा. गोविन्दराज पोखरेल र डा. शेखर कोईराला खाजा खान एउटा रेन्टुरेन्टमा छिरे। ‘डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्याङ्क्वेट’ मा छिरेका उनीहरुले त्यो रेस्टुरेन्ट देउवाका भतिज तथा त्यतिबेलाका डा. आरजुका पीए प्रकाश देउवाको हो भन्ने थाहा नपाउँदा खुलेर पार्टीका आन्तरिक विषयमा गफ गरे। उनै प्रकाश अहिले सुदूरपश्चिम सरकारमा मन्त्री छन्।

ठुलो र स्पष्ट बोल्ने वाग्लेले त्यसवेला आरजुका विषयमा टिप्पणी गरे। होटलका कुनै स्टाफले त्यो टिप्पणी रेकर्ड गरेर प्रकाशको जिम्मा लगाइदिए। प्रकाशले त्यो टेप काकी आरजुलाई दिएपछि स्वर्णिमको उँधो यात्रा सुरु भएको जानकार नेताहरु वताउँछन्।

स्वर्णिमले ‘दाइ (देउवा) त मान्छे ठीक हुन, भाउजू (डा. आरजु) लाई त मेरो बस चल्यो भने जेल जाक्दिन्छु’ भन्दै उनको आर्थिक अनियमितताका विषयमा टिप्पणी गरेपछि उनी दाईभाउजुको किचन क्याविनेटबाट आउट भएको कांग्रेसका नेताहरुको भनाई छ। त्यस दिन देखिनै देउवा दम्पत्तिले स्वर्णिमालाई पार्टीमा अँठ्याउने र टेक्ने ठाउँ नदिएको वताईन्छ।

गगन थापा शेरबहादुर देउवा आरजु देउवा स्वर्णिम वाग्ले

विशेष