News

राष्ट्रपतिलाई भारत लगेको भाडा मात्रै ६५ लाख, प्रचण्डको सनकले राज्यलाई करोडौंको भार

राष्ट्रपतिलाई भारत लगेको भाडा मात्रै ६५ लाख, प्रचण्डको सनकले राज्यलाई करोडौंको भार

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली पठाउने प्रधानमन्त्री पुष्पकमल दाहालको सनकका कारण भाडामा मात्रै राज्यकोषको साढे ६५ लाख रुपैयाँ स्वाहा भएको छ। पौडेललाई वैशाख ६ गते श्री एयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको थियो। उनलाई अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेलका लागि प्रयोग गरिएको श्री एयरको एयर एम्बुलेन्सको २२ हजार ५ सय डलर र मेडिकल टिम उडेको अर्को जहाजका लागि थप दुई हजार पाँच सय गरी २५ हजार डलर खर्च भएको छ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको अमेरिकी डलरको मूल्यअनुसार २५ हजार डलरको सरदर ३२ लाख ७५ हजार पाँच सय रुपैयाँ हुन्छ। यसरी ओहोरदोहोर भाडा जोड्दा साढे ६५ लाख खर्च भएको हो। 

प्रोटोकलका लागि आईसीयुमा भर्ना
दिल्ली लगिएका पौडेलको एम्स अस्पतालको आईसियुमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। अस्पताल स्रोतका अनुसार पौडेलको अवस्था सामान्य रहेपनि प्रोटोकलका हिसावले आईसीयुमा भर्ना गरिएको हो। एम्सका चिकित्सकहरुले नेपालका चिकित्सकले गरेको पौडेलको उपचार विधि पनि उत्कृष्ट रहेको बताएका थिए।

‘तपाईंहरुले गर्नुभएको उपचार विधि उत्कृष्ट थियो। हाम्रो नियम, प्रोटोकलअनुसार हामी सबै कुराको परीक्षण आफ्नै ढंगले गर्छौँ। मोइक्रो लेबलमा एनलाइसिस गर्छौँ। २÷३ दिनमा नर्मल बेडमा सार्छौं,’ एम्सका चिकित्सकले गरेको कुरा नयाँ दिल्लीमै रहेका राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमको भनाइ उद्धृत गर्दै प्रेस संयोजक खिला कार्कीले भनेका थिए।

कति छ अन्य खर्च ?
एम्समै उपचाररत राष्ट्रपति र उनीसँग रहेका ब्यक्तिका लागि दैनिक भ्रमणभत्ता मात्रै दैनिक करिब १ हजार ५ सय डलर (सरदर १ लाख ९६ हजार) खर्च हुनेछ। पौडेलको उपचार टोलीमा तीनजना परिवारका सदस्य र ३ जनाको चिकित्सक टोली छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार दिल्लीमा रहँदा उनीहरु सवैले भ्रमण भत्ता वुझ्ने छन्। उनीहरुलाई भ्रमण खर्च नियमावली २०७२ अनुसार भत्ता उपलब्ध गराईने छ। राष्ट्रपति पौडेलले प्रतिदिन २५० डलर र परिवारका सदस्यहरू श्रीमती सविता, छोरा चिन्तन, नाति नाता पर्ने हरिस, चिकित्सक डा. निरान बमसहितले विशिष्ठ श्रेणीसरह दैनिक २२५ डलर भ्रमण भत्ता पाउनेछन्।

यसैगरी, सात जनाको दिल्लीमा रहँदा खाने/बस्ने खर्च पनि सरकारी कोषबाट ब्यहोरिने छ। राष्ट्रपति पौडेलको उपचारका लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च, औषधी राज्य कोषबाटै हुनैछ। पौडेल उपचारमै रहेकाले त्यो खर्चको विवरण तय भएको छैन तर, अस्पतालमा तिर्नुपर्ने रकम करोड नाघ्ने अनुमान छ।

के हो समस्या ?
डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएपछि पौडेललाई वैशाख ५ गते महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो। त्यहाँ थप समस्या देखिएको र चिकित्सकले समेत वाहिर लान सुझाव दिएको हल्ला चलाएर भारत लाने तयारी गरियो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चिकित्सकको सल्लाहअनुसार अनुसन्धान र उपचारका लागि पौडेललाई दिल्ली लगिएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर, त्यो विज्ञप्ति जनताको आँखामा छारो हाल्नका लागि मात्रै भएको स्रोतका दावी छ।

पौडेलको उपचार नेपालमै सम्भव रहेको र त्यसका लागि भारत गइरहनु नपर्ने त्रिविका वरिष्ठ चिकित्सकहरुहरूको सुझाव विपरीत पौडेललाई दिल्ली लगिएको पाईएको छ। डा. अनिल बरालले ट्वीटरमै राष्ट्रपतिलाई दिल्ली लगिएकोमा गुनासो गरेका थिए। उनले लेखेका थिए–‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ। स्रोत र साधन पनि अहिले राम्रै छन् यहाँ। के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैँ कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’

भारतमा उपचार गराउने परिवारको इच्छा
खासमा पौडेलका परिवारले उनको उपचार भारतमा गर्न इच्छा ब्यक्त गरेको र प्रधानमन्त्री दाहालले पनि विरका चिकित्सकमाथि भरोसा गर्न नसकेका कारण दिल्ली पुर्याईएको खुलेको छ।

प्रधानमन्त्री दाहाल स्वयमले पनि राष्ट्रपतिलाई खासै ठुलो विमार नलागेको स्विकारेका छन्। ‘राष्ट्रपति अस्वस्थ हुनु भएको हो तर अवस्था भने गम्भीर होइन। आजै बिहान पनि सुधार हुँदै थियो’ उनले भनेका थिए–‘तर डाक्टरहरुबाट राम्रो उपकरण भएको ठाउँमा जाँच्दा ठीक हुन्छ भन्ने सुझाव आयो।’

राष्ट्रपतिले ‘म यहीँ निको हुन्छु’ भन्दा पनि आफुले दिल्ली पठाएको दाहालले वताएका थिए। उनले भनेका थिए–‘मैले डाक्टरले जे भन्छन् मान्नुपर्छ भनेको थिएँ। पछि तयार हुनु भयो।’

यो पनि,

राष्ट्रपति रामचन्द्र पौडेल

विशेष