News खेल

खेल रद्द भएपछि अंक बाँडेर एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

खेल रद्द भएपछि अंक बाँडेर एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

नेपाल र साउदीबीच आज हुनु पर्ने खेल वर्षाका कारण रोकिएपछि अंक बाँडेर नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ।

तीन खेलबाट पाँच अंक पु-याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो र २ अंकसहित मलेसिया तेस्रो स्थानमा छ ।

२ अंकसहित साउदी चौथो स्थानमा छ भने कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द भएको हो । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएको हो।
 

विशेष